झापा पुगेर ओलीले भने– निर्वाचनको वातावरण अझै बनेको छैन

झापा पुगेर ओलीले भने– निर्वाचनको वातावरण अझै बनेको छैन

‘झापा–५ लाई इपिसेन्टर भन्नु वाहियात हाे’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अझै निर्वाचनको वातावरण बनिनसकेको बताए ।

‘मतदाताहरूमा डर, धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन,’ उनले भने ।

जेनजी आन्दोलनपछि उनि पहिलोपटक झापा पुगेका हुन् । झापा–५ मा उम्मेदवार बन्न लागेका उनी यसअघि बस्दै आएको घरमा आगजनी भएका कारण होटलमा बस्ने बताइएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले जस्तोसुकै अवस्थामा पनि आफूहरू चुनावमा जाने बताए । ओलीले पत्रकारसँग भने, ‘हामी जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ । तर, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ । तर, त्यस्तो अवस्था भने बनिसकेको छैन ।’

ओलीले अझै पनि शान्ति सुरक्षाको प्रत्याभूति गराउने काम सरकारबाट हुन नसकेको बताए ।

झापा–५ लाई इपिसेन्टर भनिरहेका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘केको हुन्छ इपिसेन्टर, वाहियातमा, कसले भन्यो ?’ ओलीले विभिन्न अपराधका घटना अझै भइरहेको बताए ।

ओली गृहनगर दमक पुगेर अपराह्न पत्रकार सम्मेलन गर्दै छन् । उनीसँग काठमाडौ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह(बालेन)ले चुनावी प्रतिस्पर्धा गर्ने चर्चा छ ।