काठमाडौं ५ बाट एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने

काठमाडौं ५ बाट एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने



काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउने गरी खाली राखेका काठमाडौंका ४ मध्ये ३ क्षेत्र टुंग्याएको छ । त्यसमध्ये क्षेत्र नम्बर ५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् ।

एमाले स्रोतका अनुसार पोखरेलले महासचिव शंकर पोखरेललाई फोन गरेर उक्त क्षेत्रमा आफैँ उठ्ने जानकारी गराएका हुन् । त्यसअघि उक्त क्षेत्रमा पोखरेल नउठे उपमहासचिव योगेश भट्टराईले उम्मेदवारी दिने विषयमा छलफल हुँदै थियाे ।

उम्मेदवारी तोक्न बाँकी रहेको काठमाडौंको क्षेत्र नं. ७ बाट प्रकाश श्रेष्ठ र ९ बाट अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाउने टुंगो लागेको एमाले स्रोतले जनाएको छ । तर, क्षेत्र नं. ४ मा कसलाई उठाउने भन्नेबारे केही टुंगो लागेको छैन ।