काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिन लागेका छन् । सञ्चार मन्त्रीले सोमबार साँझ पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गर्न लागेको उनीनिकट स्रोतले बताएकाे छ ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन् । भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।
सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया