शशांक कोइराला जितेको क्षेत्रमा रास्वपाले दियाे गौतमलाई टिकट

शशांक कोइराला जितेको क्षेत्रमा रास्वपाले दियाे गौतमलाई टिकट



नवलपुर । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो ।

२०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता कोइराला निर्वाचित भएका थिए । उक्त निर्वाचनमा पनि रास्वपाबाट गौतम नै उम्मेदवार थिए । डा कोईरालाले २७ हजार ६७ मत पाएर निर्वाचित हुँदा गौतमले २४ हजार ३ सय ५ मतसहित तेस्रो स्थानमा रहेका थिए । एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत पाएका थिए ।

यसपटक कांग्रेसबाट उक्त क्षेत्रमा को उठ्ने भन्ने अक्षै टुंगिएको छैन भने एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएकाे छ ।