क्यान अध्यक्ष चन्द बैतडीबाट चुनाव लड्दै

क्यान अध्यक्ष चन्द बैतडीबाट चुनाव लड्दै



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनलाई नेपाली कांग्रेसले बैतडीबाट उम्मेदवार बनाएको हो ।

क्यानमा दोस्रो कार्यकाल बिताइरहेका चन्द लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए । उनी हाल बैतडीका कांग्रेस सभापतिसमेत छन् । बैतडी कांग्रेसले उनलाई उम्मेदवार सिफारिस गरेको थियो ।