धादिङ २ मा एमालेबाट धनबहादुर घले नै बने उम्मेदवार

धादिङ २ मा एमालेबाट धनबहादुर घले नै बने उम्मेदवार



काठमाडौं । नेकपा एमालेले धादिङ क्षेत्र नम्बर २ को टिकट दोस्रोपटक हेरफेर गरेको छ । सचिवालय बैठकले धनबहादुर घलेको निर्णय गरेकोमा सोमबार चन्द्र रिजाललाई टिकट दिने निर्णय भएको थियो ।

पार्टी कार्यकर्ताले जिल्ला कार्यालयमा तालाबन्दी गरेर विरोध गरेपछि घलेकै नाममा टिकट पठाएर मनोनयनको तयारी भएको जिल्ला अध्यक्ष अर्जुन गोर्खालीले बताएका छन् । १ नम्बर क्षेत्रमा भूमि त्रिपाठी उम्मेदवार बनेका छन् ।