काठमाडौं । नेकपा एमाले प्रवेश गरेर टिकट लिएका अब्दुल हुसेन अन्सारी अन्ततः उम्मेदवार बन्न रोकिएका छन् । अन्सारी नेपाली कांग्रेस त्यागेकै दिन एमालेले उनलाई सुनसरी–४ को उम्मेदवार बनाएको थियो ।
पार्टीका नेता विष्णु रिमालले टिकट दिएर उनलाई निर्वाचन क्षेत्र पठाएका थिए ।
तर जिल्ला नेताहरूले आपत्ति जनाएपछि पार्टी केन्द्रले अन्सारीको टिकट रद्द गरेको हो । अब उक्त क्षेत्रमा जगदिश कुसियत उम्मेदवार बन्नेछन् ।


प्रतिक्रिया