दाङ २ मा एमाले महासचिव पोखरेलले दर्ता गराए उमेदवारी

दाङ २ मा एमाले महासचिव पोखरेलले दर्ता गराए उमेदवारी



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन् ।

पोखरेलले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दिएका हुन् । निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उनले मनाेनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको संवृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ ।