इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता



इलाम । युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो पटक उप-निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम-२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।

यसअघि सोही क्षेत्रबाट नेम्वाङ गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी भएका थिए ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता पछि आफ्नो क्षेत्रका लागि धेरै अधुरा र अपुरा काम गर्न बाँकी रहेकाले पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताए ।

उता इलाम–१ मा नेकपा एमालेका काजीमान कागतेले उम्मेदवारी दर्ता गराएका छन् ।