पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी

पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेर चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।