काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको घोषणापत्र १० गते सार्वजनिक गर्ने बताए ।
काठमाडौं ५ मा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनपछि सरकार बनाउने अवस्था आए कसलाई प्रधानमन्त्री हुने भन्ने पनि घोषणापत्रमै उल्लेख भएर आउने बताए ।
कांग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई घोषणा गरेर चुनावमा जाने तयारी गरेको छ । महामन्त्री पौडेलले पार्टी विधि र विधान अनुसार परिवर्तनको बाटोमा हिँडेको दाबी गरे ।
पार्टीका असन्तुष्ट पक्षले पनि स्वीकार्ने आधार बन्दै गएको बताए । उनले भने, ‘हामीले नेतृत्वप्रति असन्तुष्टि जनाएर प्रक्रियामा गयौँ । त्यसले नयाँ परिणाम ल्याएको छ । पार्टीका सबै अग्रजहरूले हामीले अगाडि बढाएको प्रक्रियालाई स्वीकार्ने दायरा फराकिलो हुँदै छ । पार्टीभित्रको सबै अन्तर्विरोध अन्त्य हुनेछ ।’


प्रतिक्रिया