एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट उम्मेदवार

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट उम्मेदवार



बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय बुटवल देवीनगर पुगेर पौडेलले उमेदवार दर्ता गराएका हुन् ।

पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ रहेका छन् ।

यसैगरी रुपन्देही २ बाटै नेपाली कांग्रेसकातर्फबाट चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।