काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ओखलढुंगामा विश्वराज पोखरेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार मध्यान्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका पोखरेलले मनोनयन दर्ता गराएका हुन् ।
यसअघि ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा निर्वाचित भएका थिए । अहिले कांग्रेसले ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ ।
प्रहरी सेवाको उच्च पदमा पुग्ने बेलामा अन्यायमा परेका पोखरेल राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।
तत्कालीन शेरबहादुर देउवा सरकारले पोखरेलभन्दा १६ महिना जुनियर एआईजी धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
प्रहरी सेवामा रहँदा क्लिन छवी बनाएका पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने चर्चा यसअघि नै चलेको थियो । रास्वपाले आइतबार पोखरेलको हातमा टिकट थमाएर मनोनयका लागि ओखलढुंगा पठाएको हो ।



प्रतिक्रिया