समुन्नत देश निर्माणमा प्रतिबद्ध छौं : गगन थापा

समुन्नत देश निर्माणमा प्रतिबद्ध छौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले समुन्नत देश निर्माणमा प्रतिबद्ध भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।”

सभापति थापा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही–४ बाट उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति पदमा चयन गरेको हो ।

असन्तुष्ट देउवा समूहले थापा नेतृत्वको कार्यसमिति अवैधानिक रहेको जिकिरसहित निर्वाचन आयोग पुगेको थियो । तर, आयोगले विशेष गगनको पक्षमा निर्णय सुनाएको थियो । त्यसपछि देउवा समूह सोही मुद्दा लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेको थियो ।

मंगलबार (माघ ६) मा सर्वोच्च अदालतले पनि थापालाई वैधानिकता दिँदै उनीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।