चितवन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो ।
क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसमध्ये क्षेत्र नम्बर १ मा चार जना, २ र ३ मा छ÷छ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन् ।


प्रतिक्रिया