काठमाडौं । भारतका विराट कोहलीलाई पछि पार्दै न्युजिल्यान्डका ड्यारेल मिचेल आईसीसी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा मिचेल एक स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेका हुन् ।
घरेलु टोली भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ड्यारेल मिचेलले दुई शतकसहित ३ सय ५२ रन बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा न्युजिल्यान्डले भारतले पहिलो एकदिवसीय शृङ्खला जितेको थियो ।
मिचेल एकदिवसीय ब्याटिङ वरीयतामा दोस्रो पटक शीर्ष स्थानमा पुगेका हुन् । गएको नोभेम्बरमा उनी मात्र तीन दिन शीर्ष स्थानमा रहेका थिए ।
एकदिवसीय ब्याटिङ वरीयतामा कोहली एक स्थान तल झरेर दोस्रो र अफगानिस्तानका इब्राहिम जाद्रान एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । यो वरीयतामा नेपालका आसिफ शेख, रोहित पौडेल र आरिफ शेख शीर्ष १०० मा अटाएका छन् ।


प्रतिक्रिया