निर्वाचन आयोगले कोसीका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले कोसीका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण



काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो ।

आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ । कार्की नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमदेवारी दर्ता गर्दा सँगै देखिएका थिए ।

निर्वाचन आचारसंहिता सरकार र सरकारका मन्त्रीहरूमा लागु हुन्छ ।