साफ फुटसल च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल



काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपमा आज (माघ ८) माल्दिभ्ससँग खेल्दै छ ।

खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पाकिस्तान र भारतसँग क्रमशः ४–४ र ३–३ को बराबरी गरेको थियो भने श्रीलंकाविरुद्ध २–१ को जित निकालेको छ ।

यता, माल्दिभ्स भने लगातार चौथो जितको खोजीमा रहनेछ । हालसम्म अपराजित रहेको माल्दिभ्सले यसअघि सम्पन्न खेलमा भारतलाई ५–०, भुटानलाई ४–१ र बंगलादेशलाई ६–१ ले पराजित गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप आयोजना भएको हो । प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको छ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा शीर्ष टोलीले उपाधि उचाल्नेछ ।