साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो



काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बिहीबार भएको खेलमा नेपाल माल्दिभ्ससँग २–१ गोलले पराजित भयो ।

हारसँगै नेपाल एक खेल अगावै बाहिरिएको हो । यसअघि नेपालले एक खृल जित र दुई खेलमा बराबरी नतिजा निकालेको थियो । नेपालले अब अन्तिम तथा पाँचौँ खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ ।