काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि २० दिन थप गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो ।


प्रतिक्रिया