नारायणघाट–बुटवल सडक : विनयी खोलाको पुलमा गाडी चालाउन रोक

नारायणघाट–बुटवल सडक : विनयी खोलाको पुलमा गाडी चालाउन रोक



काठमाडौं । नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा रहेको विनयी खोलाको पुलमा गाडी आवतजावतमा रोक लगाइएको छ ।

नवनिर्मित पुलको पुहँच मार्ग निर्माणका लागि पुलमा गाडी चलाउन आजदेखि रोक लगाइएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ ।

पहुँच सडक निर्माण नहुँन्जेलसम्म डाइभर्सनबाट गाडी चलाउन आयोजनाले अनुरोध गरेको छ ।