काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । सभापति थापा सानेपा पुग्दा पक्षमा नाराबाजी भएको थियो ।
महामन्त्री प्रदीप पौडेलले आजकाे केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन् ।
‘आज बस्ने बैठकले निर्वाचन केन्द्रीत भएर केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ,’ पौडेलले भने, ‘यो निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्नेछ । निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्नका लागि आजको निर्णय महत्वपूर्ण हुनेछ ।’


प्रतिक्रिया