काठमाडौं । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको छ ।
शुक्रवार पार्टी कार्यलय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मद्वार बनाएर जाने निर्णय गरेको पार्टी उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले परिवर्तन समयलाई सम्बोधन गर्ने तागत र जेनजी विद्रोहले गरेको अपेक्षा पूरा गर्न काँग्रेसले मात्रै सक्ने र त्यसको लागि निर्वाचन अगाडी नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर जाने निर्णय गरिएको बताए ।
उनले गगन थापा सत्तामा रहँदा पनि बेदाग रहेको बताउँनुहुँदै परिवर्तनको नेतृत्व थापाले मात्रै गर्नसक्ने उल्लेख गरे । काँग्रेसले प्रधानमन्त्री बन्ने व्यक्तिको पृष्ठभुमी, संस्कार, योगदान, योग्यता र देशलाई कसरी हाँकेर जानसक्छ भन्ने भिजनको आधारमा प्रधानमन्त्रीको उम्मेद्वार छनौट गरिएको जानकारी दिए ।
नेपालको नवयुवाहरुले जेनजी प्रदर्शनमार्फत उठाएको सुशासनको मुद्दालाई काँग्रेसले बनाएको उम्मेद्वारले सबल ढंगले नेतृत्व गर्न सक्ने उनको दाबी छ । उनले देशको प्रधानमन्त्री हुने व्यक्तित्वले देशलाई आवेग नभई संयम भाव र प्रवृत्तिलाई अघि लगाउनुपर्ने बताए । त्यो समाथ्र्य राख्ने व्यक्तित्व गगन थापा मात्रै भएको उनको भनाई छ ।
काँग्रेस केन्द्रिय समितिको बैठकले निर्वाचनको लागी विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति, देवराज चालिसेको संयोजकत्वमा केन्द्रिय प्रचारप्रसार समिति, कार्यलय भवन पुर्ननिर्माणको लागि उमेश श्रेष्ठको नेतृत्वमा हुने पुनर्निर्माण समिति र राष्ट्रिय सभा निर्वाचनको लागि सहजीकरण गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा समिति गठन गरेको छ ।
बैठकले केन्द्रिय कार्यसम्पादन समिति बनाउने निर्णय पनि गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।


प्रतिक्रिया