उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी

उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा उनले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

यस मुद्दाको पेसी आइतबारका लागि तोकिएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो ।