उपत्यकाका १४ ठाउँमा घोषणा सभा गर्दै एमाले, कुन क्षेत्रको कहाँ ?

उपत्यकाका १४ ठाउँमा घोषणा सभा गर्दै एमाले, कुन क्षेत्रको कहाँ ?



काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रका उम्मेदवारको परिचयात्मक तथा घोषणा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम १४ ठाउँमा फरक फरक आयोजना गरिने केन्द्रीय सदस्य भोलानाथ पोखरेलले बताएका छन् ।

काठमाडौंको क्षेत्र नं. १ को बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दिउँसो १ बजे, २ को म्याजेष्टिक पार्टी प्यालेसमा विहान साढे ११ बजे परिचयात्मक कार्यक्रम हुँदैछ ।

क्षेत्र नं. ३ को ड्रिम हाउस व्यांक्वेट, जोरपाटीमा दिउँसो साढे १ बजे, ४ को मिलन पार्टी भेन्यु, कपनमा विहान ११ बजे, ५ को सीमा पार्टी प्यालेस, बसुन्धरामा दिउँसो २ बजे कार्यक्रम हुने भएको छ ।

क्षेत्र नं. ६ को सौगात पार्टी प्यालेस, गोंगबुमा दिउँसो साढे १२ बजे, ७ को च्छोरोल्पा पार्टी प्यालेस, बनस्थलीमा १ बजे, ८ को सरस्वती मन्दिर, स्वयम्भुमा १ बजे, ९ को शिखर पार्टी प्यालेस, कलंकीमा साढे ११ बजे र १० को केएनएस पार्टी प्यालेस, कीर्तिपुरमा विहान ८ बजे परिचयात्मक कार्यक्रम राखिएको छ ।

ललितपुरको क्षेत्र नं. १ को चापागाउँस्थित हिमशिखर पार्टी प्यालेसमा ११ बजे, २ को इमाडोलस्थित सामुदायिक भवनमा २ बजे कार्यक्रम हुने भएको छ ।

भक्तपुरका दुबै निर्वाचन क्षेत्रको उम्मेदवार परिचय तथा घोषणा कार्यक्रम घलातेस्थित जिल्ला पार्टी कार्यालयमा विहान ८ बजे हुने भएको छ ।