नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित

नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेकी छन् ।

विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रशनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।