इलाम निर्वाचन प्रहरीका लागि पुनः दरखास्त आह्वान

इलाम निर्वाचन प्रहरीका लागि पुनः दरखास्त आह्वान



इलाम । इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुनः दोस्रो पटक भर्ना खोलेको छ ।

जिल्लाका लागि आवश्यक एक हजार नौं सय १३ संख्या आवश्यक रहेपनि अहिले सम्म एक हजार ६०९ जना लिखित र मौखिक परिक्षामा उत्र्तीण भएको कार्यालयले जनाएको छ । शारीरिक जाँच पश्चात लिखित परिक्षामा १२ जना सहभागी नभएको र अझै आवश्यक सङ्ख्या नपुगेकाले भर्नाका लागि नयाँलाई पुन : हिजो र आज दुईदिन समय थप गरिएको डिएसपी लक्ष्मी भण्डारीले बताए ।

‘आज भर्ना हुन आएको सङ्ख्याले चाँहि आवश्यक सङ्ख्या पुग्छ भन्ने अनुमान गरेका छौं,’ डिएसपी भण्डारीले भने । निर्वाचन प्रहरीमा आएकाहरुलाई आगामी माघ १५ देखि माघ २४ गते सम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् ।