काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ ।
आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षीलाई बोलाएको छ ।
अन्तरिम आदेश छलफलका लागि विपक्षीलाई माघ १५ गतेका लागि बोलाएको छ । त्यस्तै विपक्षीलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्न पनि आदेश दिएको छ ।
चौधरीले आफ्नो उम्मेदवारी कायम गरिपाउँ भन्दै निर्वाचन अधिकृतको कार्यालय कैलाली र निर्वाचन आयोगलाई विपक्षी बनाएको छ ।
इजलासले रेशम चौधरीविरूद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी सम्बन्धी मुद्दाको २०८० जेठ २ गते गरेको फैसला, रेशम चौधरीले यसअघि निर्वाचन आयोगविरूद्ध दायर गरेको रिट, शारडा कडायतले दायर गरेको रिट र निर्वाचन आयोगको पछिल्लो निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन पनि आदेश गरेको छ ।


प्रतिक्रिया