काठमाडौं । विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगमा आइतबार विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ गोलले हरायो । एपिएफको जितमा दीप लामा र युवराज खत्रीले गोल गरे ।
संकटाका गणेश हमालले सान्त्वना गोल फर्काए । यससँगै एपिएफले लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । यस्तै अर्को खेलमा एनआरटीलाई जिताउन आशिष गुरुङले दोस्रो हाफमा निर्णायक गोल गरे । एनआरटी पनि लिगमा अपराजित रहने टोली हो ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।


प्रतिक्रिया