काठमाडौं । नेपालकी कराते खेलाडी एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् ।
टर्किएको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ किलोमाथि गएराति भएको फाइनल खेलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४–२ ले पराजित भएपछि रजतमै चित्त बुझाएकी हुन् ।
त्यसअघि फाइनलसम्म पुग्दा एरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।
यस पटक एरिकाले त्यसमा अझ उत्कृष्ट खेल्दै फाइनलसम्म पुगेर इतिहास बनाएकी हुन् ।


प्रतिक्रिया