काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।
बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थलमा ठूलो भिड जम्मा भएको थियो । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।
सामाजिक सञ्जालमा देखिएको भिडियोमा तीव्र गतिमा गुडिरहेको गाडीबाट केही युवा खसेको देखिएकाे छ । ‘५ जना समर्थकहरु गाडीबाट खसेको भन्ने आएको छ । सामान्य घाइते भएको भन्ने जानकारी आएको छ’ एसपी जिसीले भने । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावी प्रचार-प्रसारका लागि अहिले पश्चिततर्फ गएका हुन् ।


प्रतिक्रिया