काठमाडौं । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले भद्रप्रसाद नेपाल (स्वागत नेपाल) माथि अनुसन्धान अघि बढाएको छ । उनी झापा–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन् ।
चुनावी प्रचारप्रसारका क्रममा युट्युब च्यानलहरूमा दिएको अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि ब्युरोले उनलाई उपस्थित गराई सोधपुछ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–७ घर भएका नेपालले ‘लोक आवाज’लगायत युट्युब च्यानलमा पृथ्वीनारायण शाहको सन्दर्भमा हिंसात्मक टिप्पणी गरेका साइबर ब्युरोले जनाएको छ ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले नेपालले भिडियोमा ‘जसले पृथ्वीनारायण शाहको विरोध गर्दछ त्यसको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्न तयार हुन्छु भन्नेजस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएको पाइएको बताए ।
सोधपुछका क्रममा नेपालले उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने र कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै लिखित कागज गरेका छन् ।


प्रतिक्रिया