काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिगमा बराबरी खेलेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । बराबरीसँगै शीर्षस्थानमा रहेको लालीगुराँसको १० अंक छ । आर्मीले पाँच अंक बनाएको छ ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।


प्रतिक्रिया