सहकारी डुबाउनेलाई कडा कारबाही हुनुपर्छ : मन्त्री इङ्नाम

सहकारी डुबाउनेलाई कडा कारबाही हुनुपर्छ : मन्त्री इङ्नाम



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केही सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणीलाई समेत समस्यामा पारेको बताए ।

समयमा नै सहकारी नियमन गर्ने निकायले बेवास्ता गरेको र राम्रोसँग स्वनियमन हुन नसकेकाले अहिले केही सहकारीहरू समस्याग्रस्त भएको उनले बताइ । स्वनियमको नाममा कानुनको उल्लंघन गरेर सहकारी डुवाउनेमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए ।

मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकारवाहीप्रति पनि असन्तुष्टि जनाए । समस्याग्रस्त समितिको अहिलेको कामले सयौं वर्षसम्म पनि समस्या समाधान नहुने उनको भनाइ छ । एकैपल्ट एक हजारभन्दा बढी यस्ता समिति गठन गर्नसके मात्रै पीडितले छिटो न्याय पाउन सक्ने इङ्नामले बताए ।