बालेनको चुनावी प्रचारमा गएका पत्रकार सिटौलाको निधन

बालेनको चुनावी प्रचारमा गएका पत्रकार सिटौलाको निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले एक विज्ञप्तिमार्फत आइतबार १२ः४५ मा निधन भएको घोषणा गरेको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए ।

अस्पतालका एक चिकित्सकका अनुसार, एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचारका निम्ति काठमाडौं ल्याइएको थियो । ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् ।