काठमाडौं । अबदेखि स्वास्थ्य बीमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी) सेवा लिन पाउने भएका छन् ।
स्वास्थ्य बीमा बोर्डको बोर्डका अनुसार बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र ओपिडी सेवा लिन सक्ने गरी नियम बनाएको हो ।
यो नियम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । तर, फागुन १ गतेबाट ओपिडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले आफूले शुल्क तिरेर थप उपचार लिनुपर्ने छ ।


प्रतिक्रिया