काठमाडौं । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मतदान केन्द्र प्युठान–१ मा तोकिएको छ । प्युठानमा २३० मतदान केन्द्र छन् । त्यहाँ १५८ मतदानस्थल छन् ।
दोस्रो धेरै मतदान केन्द्र रामेछाप–१ मा छन् । जहाँ २२८ मतदान केन्द्र र ९६ मतदानस्थल छन् । उता, बैतडी–१ मा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल छन् ।
सबैभन्दा थोरै मतदान केन्द्र र स्थल मनाङमा छन् । जहाँ २८ मतदानस्थल र मतदान केन्द्र पनि २८ रहेका छन् ।


प्रतिक्रिया