काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरे ।
साथै क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ । महिला किक्रेट टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले वार्षिक ८० लाख रुपैयाँको प्रायोजन गरेसँगै नयाँ जर्सी सार्वजनिक गरिएकाे हाे । उक्त जर्सी थाइल्याण्डमा हुने खेलमा पहिलाे पटक प्रयाेग गर्नेछ ।


प्रतिक्रिया