काठमाडौं । अफगानिस्तानका अलरान्डर गुल्बदिन नैवले आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आइतबार भारतको चेन्नाईस्थित एमए चिदंवरम क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानका नैवले न्युजिल्यान्डविरुद्ध १४.१ ओभरमा ५० रन पूरा गरेका हुन् ।
यसक्रममा उनले २८ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका छन् । उनीसँगै क्रिजमा रहेका सेदाकुल्लाह अतल २९ रनमा खेलिरहेका छन् । त्यसअघि पभेलियन फर्किएका ओपनर इब्राहिम जदरानले १० रन बनाएका थिए ।
ओपनर रहमनुल्लाह गुरबजले २७ रन बनाए । न्युजिल्यान्डका निम्ति दुवै विकेट लाकी फोर्गुसनले लिए ।
खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यस संस्करण अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘डी’ छन् ।
समूहमा उनीहरूसँगै क्यानडा, दक्षिण अफ्रिका र युनाईटेड अरब इमिरेट्स (यूएई) छन् ।


प्रतिक्रिया