हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य : स्वास्थ्यमन्त्री

हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य : स्वास्थ्यमन्त्री



नेपालगन्ज । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले हरेक नेपालीलाई उचित र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको बताएकी छन् ।

पश्चिम नेपालको भ्रमणका क्रममा सोमबार नेपालगन्ज पुग्नुभएकी मन्त्री डा. शर्माले नेपालगन्जस्थित भेरी अस्पताल र खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालको निरीक्षणपछि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै सो बताइन् ।

उनले सरकारले सबै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरण उपलब्ध गराउने योजना बनाएको जनाउँदै अति आवश्यक उपकरण र जनशक्ति आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नेगरी सुझाव लिने कार्य गरिरहेको बताइन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा सिटि स्क्यान र ओपिडी भवन लगायत अन्य केही महत्त्वपूर्ण उपकरण र प्रविधि आवश्यक देखिएको जनाउँदै स्वास्थ्यमन्त्री डा. शर्माले सो बारेमा मन्त्रालयले गम्भीर भएर ध्यान दिने बताइन् ।