काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।
विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।
मङ्गलवार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो ।
मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला छन् ।
५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।


प्रतिक्रिया