भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना



काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन् ।

यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ ।

पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा छन् ।

बीसीसीआई स्रोतले पीटीआईलाई दिएको जानकारी अनुसार अभिषेकलाई पेटमा समस्या देखिएपछि दिल्लीको एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनको केही स्वास्थ्य परीक्षणहरू भइरहेका छन् ।