प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा



काठमाडौं । धरानमा चलिरहेको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा हिजो भएको खेलमा लालीगुराँस एशोसिएसन पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलका प्रवेश गरेको हो ।

खेलको पहिलो समयको छैटौँ मिनेटमा लालीगुराँस फुटबल क्लबका खेलाडी सिकन्दर सिद्धिकीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको १४औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी विलियम एलेक्सले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि दास्रो हापको ४१औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले थप गोल गर्दै जित सुनिश्चित गरे ।

खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित भए । प्रतियोगिताअन्तर्गत आज झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

यही माघ २२ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।