काठमाडौं । फिलिपिन्सको राजधानी मनिलामा मुख्यालय भएको एसियाली विकास बैंकको दक्षिण एसियाली महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ चलन भएकी छन् ।
बैंकले आज जारी गरेको सूचना अनुसार उनले दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंका हेर्ने छिन् ।
२७ वर्षको पेशागत अनुभव भएकी सोना २३ वर्षदेखि एसियाली विकास बैंकमा कार्यरत रहेको बताइएको छ ।
नियुक्तिपछि सोनाले एसियाली विकास बैंकससँग कुरा गर्दै याे जिम्मेवारीबाट आफू खुशी भएकाे र दक्षिण एसियाली सदस्य देशसँग सहकार्य गरेर काम गर्न इच्छुक भएको बताएकी छन् ।


प्रतिक्रिया