विश्वकप : भारतले नामिबियालाई ९३ रनले हरायो

विश्वकप : भारतले नामिबियालाई ९३ रनले हरायो



काठमाडौं । भारतले आइसिसी टी–२० विश्वकप २०२६ को समूह ‘ए’ को खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

दिल्लीको अरुण जेटली स्टेडियममा खेलेको यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । भारतका इशान किशनले २० बलमा ६१ रन बनाए ।

यस्तै हार्दिक पाण्ड्याले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेले । उनले बलिङमा पनि २/२१ लिए ।

यस्तै वरुण चक्रवर्तीले ३ को शानदार प्रदर्शन गरे भने अक्षर पटेल २/२० को उत्कृष्ट बलिङ गरे । यो जीतसँगै भारतले लगातार दोस्रो जीत हात पारेको छ र समूहमा शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई हराएको थियो । अब भारतको अर्को खेल पाकिस्तानसँग पर्सि आइतवार श्रीलंकामा हुँदैछ ।