सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँट

सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँट



काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

बाँकी रहेको १ कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँट गर्दा १ जना आवेदकले थप एक कित्ता अर्थात ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

यसमा कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ ।

कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो ।