काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाको चाँदनी चोकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो ।
दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।


प्रतिक्रिया