देश बनाउने शक्ति एमाले हो : नेता पोखरेल

देश बनाउने शक्ति एमाले हो : नेता पोखरेल



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदातासँग भेटघाट तीव्र पारेका छन् ।

नेता पोखरेलले घरदैलोको क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहेका छन् ।

टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोखरेलले एमाले देश बनाउने शक्ति भएको बताए ।

पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको छ, उनले भने । “एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन” पोखरेलले भने, “एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न होस् । जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहोस् ।”

नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही बाटोमा ल्याउन देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।

घरदैलोको क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गर्नेकाम भइरहेको बताए ।