काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ ।
हिजो भएको खेलमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रनमा समेटियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि शिवम दुबेले ३१ बलमा सर्वाधिक ६६ रन बनाए ।
यस्तै सूर्यकुमार यादवले ३४, तिलक वर्माले ३१ र हार्दिक पाड्याले ३० रनको योगदान दिएपछि भारतले ६ विकेटले क्षतिमा १ सय ९३ रन बनाएको थियो ।
यसैबीच विश्वकपमा सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।


प्रतिक्रिया