टी–२० विश्वकप : वेस्ट इन्डिजसँग इटाली ४२ रनले पराजित

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग इटाली ४२ रनले पराजित



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।

त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

यसअघि नै ‘सुपर एट’मा पुगिसकेको वेस्ट इन्डिज लगातार चार खेलमा जितेर समूह ‘सी’को शीर्ष स्थान कायम राख्न सफल भयो ।

अहिले श्रीलङ्काको कोलोम्बोमा जिम्बाव्वे र श्रीलङ्कका खैल्दैछन् । आयोजक श्रीलङ्काले टस जितेर ब्याटिङ राजेको छ ।

यस्तै बेलुकी सवा ७ बजे भारतको चेन्नईमा अफगानिस्तान र क्यानडा खेल्दैछन् ।